संखुवासभामा खुकुरी प्रहार गरी छिमेकीको हत्या
सङ्खुवासभा । आपसी विवादका क्रममा खुकुरी प्रहार गरी छिमेकीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
सङ्खुवासभाको चैनपुर नगरपालिका–१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या गरेको आरोपमा सोही ठाउँका ५९ वर्षीय शिव कुमार राई पक्राउ परेका हुन्।
शनिबार दिउँसो दुई पक्षबिच भएको सामान्य भनाभनले उग्र रूप लिँदा शिव कुमारले लीला प्रसादमाथि खुकुरी प्रहार गरेका थिए।
खुकुरीको चोटका कारण लीला प्रसादको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।


