संखुवासभामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका–२ बाला स्थित लोक्छोङ डाँडामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
शनिबार दिउँसो करिब ४ बजे दाङ्खिलाबाट बाला तर्फ जाँदै गरेको मोटरसाइकल सडकबाट तल खस्दा सिलीचोङ–२ बेतेनी घर भई हाल साल्पा सिलीच्छो कुलुङ काम्लेटार बसोबास गर्दै आएका ५६ वर्षीय प्रेमकुमार राईको घटनास्थलमै मृत्यु भएको सिलीचोङ–२ का वडा अध्यक्ष मोहन संशेर कुलुङले जानकारी दिनुभयो ।
दुर्घटनामा मोटरसाइकल चालक सप्रन्ते भनिने २२ वर्षीय आकाश कुलुङ घाइते भएका छन् । अध्यक्ष कुलुङका अनुसार घाइतेको अवस्था सामान्य रहेको छ ।
मृतकको पोस्टमार्टम तथा घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय खाँदबारीबाट प्रहरी टोली घटनास्थलतर्फ जाँदै रहेको छ। घटनास्थल सदरमुकाम खाँदबारीबाट करिब ४५ किलोमिटर टाढा रहेको बताइएको छ ।-खांदबारी एफएम


