हत्या गरेर मुख जलाइएको अवस्थामा जंगलभित्र भेटिएको युवतीको शव उठाइयो,खुलेन पहिचान

धनगढी । शनिबार दिउँसो हत्या गरेर मुख जलाइएकाो अवस्थामा कैलालीकाे माेहन्याल गाउँपालिका- १ काे तल्लाेपानीमा जंगलभित्र भेटिएको युवतीकाे शव उठाइएको छ ।

नवप्रगतशिल सामुदायिक जंगलमा फेला परेकाे शव घटनास्थल कार्य सकेर राति उठाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) याेगेन्द्र तिमिल्सिनाले घटनास्थलबाट शव उठाएर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको बताए ।

हत्या गरेर अनुहार जलाएकाे अवस्थामा जंगलमा युवतीकाे शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक(डीएसपी) रमेशदत्त अवस्थी नेतृत्वको टाेली तालिमप्राप्त कुकुरसहित खटिएको छ भने जिल्ला प्रहरी कार्यालयबाट समेत अनुसन्धानका लागि विशेष टाेली परिचालन गरिएकाे छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।