एमाले अध्यक्ष ओली आज फेरि निर्वाचन क्षेत्रका मतदाता भेट्न झापा आउंदै
झापा । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज फेरि निर्वाचन क्षेत्रका मतदाता भेट्न झापा आउने भएको छ ।
अध्यक्ष ओली आज बिहान १० बजेर २० मिनेटमा काठमाडौँबाट भद्रपुर विमानस्थल अवतरण गरी निर्वाचन क्षेत्रमा प्रवेश गर्ने तालिका छ ।
ओली यसअघि माघ २३ गते झापा आएर ७ दिनमा करिब ८० वटा गाउँ घुमी काठमाडौँ फर्केका थिए ।


