पाथीभरा दर्शन गर्न गएका झापाका एक वृद्ध आठ दिनदेखि बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर दर्शनका लागि गएका झापाको कमल गाउँपालिका-५ का ६५ वर्षीय टङ्कबहादुर खड्का आठ दिनदेखि बेपत्ता भएका छन्।परिवारका अनुसार खड्का फागुन ८ गते मन्दिर पुगेका थिए तर त्यसपछि सम्पर्कविहीन भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जटाशंकर यादवले उनको खोजी कार्य तीव्र बनाइएको जानकारी दिएका छन्। खड्का दौरा–सुरुवाल र कोट लगाएका थिए र अन्दाजी पाँच फिट उचाइका छन्। उनी कान कम सुन्ने व्यक्ति रहेको परिवारले जनाएको छ।

पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले दुई दिनसम्म खोजी गरे पनि हालसम्म कुनै सुराक फेला नपरेको कर्मचारी राजेन्द्र महतले बताए।पाथीभरा क्षेत्रमा बाक्लो हिउँ जमेकाले खोजी कार्यमा कठिनाइ भइरहेको छ।

चिसो मौसम र दुर्गम भू–भागका कारण सुरक्षा चुनौती बढेकाले खोजी कार्य थप सुदृढ बनाइएको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।