इरानी आक्रमणमा परी एक नेपालीसहित ३ जनाको मृत्यु

काठमाडौं । इरानी आक्रमणमा परी युएईमा एक नेपालीको मृत्यु भएको​ छ। त्यहाँको रक्षा मन्त्रालयका अनुसार एक नेपालीसहित ३ जनाको मृत्यु भएको हो।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा नेपालीसहित पाकिस्तानी र बंगलादेशी नागरिक रहेका छन्। त्यस्तै इमिराती, इजिप्टियन, इथियोपियन, फिलिपिनो, पाकिस्तानी, इरानी, भारतीय, बंगलादेशी, श्रीलंकाली, अजरबैजानी, यमनी, युगान्डाली, इरिट्रियन, लेबनानी र अफगान नागरिक गरी ५८ जना सामान्य घाइते भएका छन्।

मन्त्रालयले हवाई प्रतिरक्षा प्रणालीमार्फत ब्यालिस्टिक मिसाइल र ड्रोन अवरोध गर्ने क्रममा केही अवशेष देशका विभिन्न भागमा खसेका कारण सर्वसाधारणका सम्पत्तिमा सामान्यदेखि मध्यम स्तरसम्मको भौतिक क्षति पुगेको जनाएको छ। मन्त्रालयले सशस्त्र बल कुनै पनि खतरा सामना गर्न पूर्ण तयारी अवस्थामा रहेको दोहोर्‍याउँदै नागरिक, बसोबास गर्ने विदेशी र आगन्तुकको सुरक्षा सर्वोच्च प्राथमिकतामा रहेको स्पष्ट पारेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।