खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति प्रदान गर्ने कार्य अस्थायी रूपमा स्थगित

काठमाडौ । सरकारले मध्यपूर्वमा चर्किँदै गएको युद्धजन्य अवस्थालाई मध्यनजर गर्दै खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति प्रदान गर्ने कार्य अस्थायी रूपमा स्थगित गरेको छ।

राजेन्द्रसिंह भण्डारी ले इजरायल, अमेरिका र इरानबीचको बढ्दो तनावका कारण खाडी क्षेत्रको सुरक्षा अवस्था जटिल बन्दै गएको भन्दै अर्को सूचना जारी नभएसम्म वैदेशिक रोजगारीमा जाने श्रमिकलाई श्रम स्वीकृति नदिने निर्णय गरिएको जानकारी दिए। हालसम्म वैदेशिक रोजगार विभाग ले खाडी मुलुकलगायत विभिन्न देश जाने कामदारलाई श्रम स्वीकृति प्रदान गर्दै आएको थियो।

इजरायल र अमेरिकाले इरानमा मिसाइल आक्रमण गरेपछि इरानले युनाइटेड अरब इमिरेट्स, कतार, ओमान, कुवेतलगायत देशमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरी आक्रमण सुरु गरेको छ। यसले ती देशहरूमा कार्यरत नेपालीहरूको सुरक्षाबारे चासो बढाएको छ।

मन्त्री भण्डारीले सम्बन्धित देशतर्फ जान विमानस्थलमा रहेका नेपालीलाई हालका लागि घर फर्किन अनुरोध गरिएको बताए। उनले खाडी क्षेत्रमा सुरक्षा सतर्कता उच्च स्तरमा पुगेको उल्लेख गर्दै सरकार परिस्थितिप्रति गम्भीर र सजग रहेको बताए।

श्रम मन्त्रालयले आफ्नो कल सेन्टर २४ घण्टा तयारी अवस्थामा राखेको जनाएको छ। साथै परिस्थिति थप बिग्रिए नेपालीहरूको उद्धार गर्नुपर्ने अवस्था आएमा त्यसका लागि समेत तयारी भइरहेको मन्त्री भण्डारीले बताए।

“परिस्थिति कसरी विकसित हुन्छ भन्ने आधारमा आवश्यक निर्णय लिइनेछ। उद्धार गर्नुपर्ने अवस्था आएमा त्यसका लागि योजना बनाउने काम भइरहेको छ,” उनले भने।

सरकारले मध्यपूर्वको विकसित अवस्थालाई निरन्तर अनुगमन गरिरहेको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।