ताप्लेजुङमा एमाले उम्मेदवार थेबेले गरे सिनाम बहुमुखि क्याम्पसको मतदान केन्द्रबाट मतदान
ताप्लेजुङ, फागुन २१ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज थेबेले मतदान गर्नुभएको छ । थेबेले सिनाम बहुमुखि क्याम्पसको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।
एक मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा १३ जनाले उम्मेदवारी दिएका छन् । जसमा थेबे सबैभन्दा कान्छो उम्मेदवार हुनुहुन्छ । अहिले उक्त निर्वाचन केन्द्रमा २५ प्रतिशत मत खसिसकेको बताइएको छ ।
ताप्लेजुङमा ८० मतदान स्थल अन्तर्गत १ सय २७ मतदान केन्द्र तोकिएका छन् । कुल ९० हजार ३२७ मतदाता रहेका छन् । मतदान स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको र मतदान शान्तिपूर्ण वातावरणमा भइरहेको प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले जानकारी दिनुभयो ।-रेडियो काबेली


