वडाध्यक्षमाथि ढुंगा प्रहार
धनगढी । कैलालीमा वडाध्यक्षमाथि ढुङ्गा प्रहार भएको छ ।
कैलाली–४ को गोदावरी नगरपालिका–१० को शंकर आधारभूत विद्यालय मतदान केन्द्रनजिकै वडाध्यक्ष रवीन्द्र शाही ‘गुड्डु’माथि ढुङ्गा प्रहार भएको प्रहरीले जनाएको छ ।
ढुङ्गा प्रहारबाट उनको टाउकोमा चोट लागेको छ । शाहीको अत्तरियाको पद्मा अस्पतालमा उपचार भइरहेको छ तर मतदान भने जारी रहेको छ ।


