धनकुटामा दिउंसो १ बजे सम्ममा २३ प्रतिशत खस्यो मत
धनकुटा, फागुन २१ गते । धनकुटामा २३ प्रतिशत मत खसेको छ । बिहीबार दिउसो १ बजेसम्ममा २३ प्रतिशत मत खसेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार धनकुटामा २७ हजार ८९५ मत खसेको छ । जसमा १४ हजार ७६७ पुरुष र १२ हजार ८३१ महिला रहेका छन् ।
धनकुटामा १ लाख १८ हजार ४२५ मतदाताले एक जनालाई निर्वाचित गर्नेछन् भने ११९ मतदान स्थलमा १६६ वटा मतदान केन्द्रमा मतदान जारी छ ।
धनकुटाबाट एक प्रतिनिधिसभा सदस्यका लागि १७ उम्मेदवार मैदानमा छन् ।


