धनकुटामा दिउंसो २.३५ बजे सम्ममा ३६ प्रतिशत खस्यो मत
धनकुटा, फागुन २१ गते । धनकुटामा ३६ प्रतिशत मत खसेको छ । दिउसो २.३५ बजेसम्ममा ३६ प्रतिशत मत खसेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार धनकुटामा ४२ हजार ९४९ मत खसेको छ । जसमा २१ हजार ८ सय ११ पुरुष र २१ हजार १ सय ३८ महिला रहेका छन् ।
धनकुटामा १ लाख १८ हजार ४२५ मतदाता रहेका छन् भने ११९ मतदान स्थलमा १६६ वटा मतदान केन्द्र तोकिएको छ ।
धनकुटाबाट एक प्रतिनिधिसभा सदस्यका लागि १७ उम्मेदवार मैदानमा छन् ।

