मोरङको पथरी शनिश्चरेमा अटोको ठक्करबाट दुई जना गम्भीर घाइते
मोरंग । मोरङको पथरी शनिश्चरे–६ मंगलबारेमा अटोको ठक्करबाट दुई जना पैदल यात्री गम्भीर घाइते भएका छन् ।
शुक्रबारेबाट यात्रु लिएर द्रुत गतिमा पथरीतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ह ९२९० नम्बरको अटोले साँझ करिब ८ बजे मंगलबारेमा पैदल हिँडिरहेका दुई जनालाई ठक्कर दिएको हो।
दुर्घटनामा सोही स्थानका रमेश पौदार र कृष्ण माझी गम्भीर घाइते भएका छन्। घाइतेमध्ये पौदारको टाउकोमा चोट लागेको बताइएको छ।घाइते दुवैजनालाई थप उपचारका लागि अस्पताल पठाइएको छ।
अटो चालक सुनवर्षी–१ का कृष्ण परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छन भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


