प्रारम्भिक मतगणनामा रास्वपाको पक्षमा लहर
काठमाडौ । प्रतिनिधिसभा निर्वाचनको मतगणनाको प्रारम्भिक परिणामअनुसार विभिन्न दलहरूले केही क्षेत्रमा अग्रता कायम गरेका छन्। हालसम्मको पार्टीगत स्थितिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा धेरै क्षेत्रमा अग्रस्थानमा देखिएको छ।
प्राप्त विवरणअनुसार रास्वपा ४० निर्वाचन क्षेत्रमा अग्रस्थानमा रहेको छ। त्यसपछि नेपाली कांग्रेस ३ क्षेत्रमा अगाडि रहेको छ भने नेपाली कम्युनिस्ट पार्टी २ क्षेत्रमा अग्रता कायम गरेको छ। त्यस्तै श्रम संस्कृति पार्टी १ क्षेत्रमा अगाडि देखिएको छ।
यता नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी भने हालसम्म कुनै क्षेत्रमा अग्रता लिन सकेका छैनन्। मतगणना जारी रहेकाले आगामी परिणामसँगै दलहरूको स्थिति थप स्पष्ट हुने निर्वाचन आयोगले जनाएको छ।


