मोरङमा हात्तीको आक्रमणबाट तामाङको मृत्यु
बेलबारी । जङ्गली हात्तीको आक्रमणबाट बिहिबार साँझ मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गका ४५ वर्षीय विष्णु तामाङको मृत्यु भएको छ ।
तामाङ घाँसपात गरी जंगलबाट घर फर्कने क्रममा जङ्गली हात्तीको आक्रमणमा परेका थिए । सोही क्रममा हात्तीले आक्रमण गर्दा उनी गम्भीर घाइते भएका थिए । तामाङसँगै जंगल गएकी छिमेकी एक महिलाले हात्ती देखेपछि भागेर ज्यान जोगाउन सफल भएकी थिइन्, तर विष्णु भने हात्तीको आक्रमणमा परेका थिए ।
घटनापछि आफन्त साथै स्थानीयले खोजी गर्ने क्रममा बेलबारी नगरपालिका वडा नं. १० स्थित पूर्व-पश्चिम राजमार्गबाट करिब दुई किलोमिटर भित्र पर्ने सृजना वन क्षेत्रमा तामाङको शव फेला परेको थियो ।


