उर्लाबारीकी २४ वर्षिया सुत्केरीको उपचारको क्रममा निधन
उर्लाबारी । उर्लाबारी वडा नम्बर ३ की एक सुत्केरी युवतीको निधन भएको छ । नमुना टोल निवासी २४ वर्षिया पूजा कार्कीको बिहिबार उपचारकै क्रममा धरानस्थित घोपा क्याम्पमा अल्पायूमै निधन भएको हो ।
पूजाका श्रिमान विवेक अधिकारीकाअनुसार उनलाई स्वास्थ्यमा समस्या भएपछि हिजो घोपा लगिएको थियो । मुटुसम्बन्धि रोगको कारण श्रीमतीको घोपामा दिउसो करिव ५:३० बजे निधन भएको उनले बताए ।
पूजाको गत माघ २४ मा मात्रै डेलिभरी भएको थियो । पूजा उर्लाबारी -७ स्थित आफ्नो माईती घरमा बस्दै आएकी थिइन् ।
हाल उनको शवलाई उर्लाबारी -३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको शवगृहमा राखिएको छ । विवेक कामको शिलसिलामा अस्थाई रुपमा पोखरामा बस्दै आएका थिए ।
उनको पार्थीव शरिरलाई शनिबार बिहान करिव १० बजे उर्लाबारीस्थित बक्राह घाटमा अन्त्येष्टि गरिने परिवारस्रोतले जनाएको छ ।


