झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार

झापा। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता कायम राख्दै मतान्तर बढाएका छन्।

पछिल्लो सार्वजनिक मत परिणामअनुसार निर्वाचन क्षेत्र नं ५ मा रास्वपाका उम्मेदवार बालेन्द्र शाह १३ हजार ६५४ मतसहित अग्रस्थानमा रहेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का केपी शर्मा ओलीले तीन हजार ११ मत प्राप्त गरेका छन्।

यस क्षेत्रमा श्रम संस्कृति पार्टीका समीर तामाङले एक हजार ५१७, नेपाली कांग्रेसकी मन्धरा चिमरियाले ४०३ तथा नेपाली कम्युनिष्ट पार्टीका रञ्जित तामाङले ३७० मत प्राप्त गरेका छन्। शाहले ओलीलाई १० हजार ६४३ मतले पछि पारेका छन्।

निर्वाचन क्षेत्र नं ४ मा रास्वपाका शम्भुप्रसाद ढकाल तीन हजार २१७ मतसहित अग्रस्थानमा छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का लालप्रसाद साँवा लिम्बूले ९५२ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका देउकुमार थेवेले ९२४ मत प्राप्त गरेका छन्।

त्यसैगरी निर्वाचन क्षेत्र नं ३ मा रास्वपाका प्रकाश पाठक नौ हजार २६४ मतसहित अग्रस्थानमा छन्। उनका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले चार हजार ९२४ मत प्राप्त गरेका छन्। पाठकले लिङ्देनलाई चार हजार ३४० मतले पछि पारेका छन्। यस क्षेत्रमा श्रम संस्कृति पार्टीका दीपक तिम्सिनाले दुई हजार ४६३ मत प्राप्त गरेका छन्।

निर्वाचन क्षेत्र नं २ मा रास्वपाकी इन्दिरा राना मगर १० हजार ४४३ मतसहित अग्रस्थानमा छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का देवराज घिमिरेले एक हजार ७०३ मत प्राप्त गरेका छन्।

उनीहरूबीच आठ हजार ७४० मतान्तर रहेको छ। यस क्षेत्रमा श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारीले एक हजार ३५७ तथा नेपाली कांग्रेसकी सरिता प्रसार्इंले ९०९ मत प्राप्त गरेका छन्।

निर्वाचन क्षेत्र नं १ मा रास्वपाकी निशा डाँगी सात हजार ९४३ मतसहित अग्रस्थानमा रहेकी छन्। उनका प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका केवल राईले दुई हजार ५१३ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका केशवराज पाण्डेले एक हजार ९३४ तथा नेकपा (एमाले)का रामचन्द्र उप्रेतीले एक हजार ६७१ मत प्राप्त गरेका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।