सुनसरीका ४ वटै क्षेत्रमा रास्वपाको फराकिलो अग्रता

सुनसरी । सुनसरीका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ ।

सुनसरी-१ मा रास्वपाकी गोमा तामाङले २ हजार ६२ मत ल्याउँदै श्रम संस्कृति पार्टीका हर्क साम्पाङसँग फराकिलो मतान्तर बनाएकी छन् । साम्पाङले ८१६ मत पाएका छन् ।

यस्तै नेपाली कांग्रेसका सुजेन्द्र तामाङले ४४१ मत, नेपाली कम्युनिस्ट पार्टीका सूर्यबहादुर भट्टराईले २६८ मत, राप्रपाका उद्धव श्रेष्ठले २५३ मत र उज्यालो नेपाल पार्टीका डम्बर लावतीले १७ मत ल्याएका छन् ।

क्षेत्र नम्बर २ मा पनि रास्वपा लालविक्रम थापाले ४ हजार ५३ मत ल्याउँदै फराकिलो अग्रता बनाएका छन् । कांग्रेसका राजीव कोइरालाले २ हजार १७० मत ल्याउँदा एमालेका सुजन लामाले ३३० मत मात्रै पाएका छन् । जसपा नेपालका रामचन्द्र मेहताले ११९ मत ल्याएका छन् ।

यस्तै क्षेत्र नम्बर ३ मा रास्वपाका अशोककुमार चौधरीले फराकिलो मतान्तर बनाएका छन् । उनले ७ हजार ८८२ मत पाउँदा कांग्रेसका विजय गच्छदारले ३ हजार २१२ मत ल्याएका छन् । एमालेकी भगवती चौधरीले २ हजार ३०९ मत, नेपाली कम्युनिस्ट पार्टीका दुर्गेशकुमार चौधरी १९० मत र सार्वभौम पार्टीका कृष्णकुमार चौधरीले ११३ मत ल्याएका छन् ।

क्षेत्र नम्बर ४ मा रास्वपाका दीपकुमार साहले अग्रता बनाएका छन् । उनले ८८२ मत ल्याउँदा कांग्रेसका ज्ञानेन्द्र कार्कीले ५१७ मत पाएका छन् । नेपाली कम्युनिस्ट पार्टीका महम्मद महफुज अन्सारीले ३९५ मत, एमालेका जगदीशप्रसाद कुसियैतले २३२ मत र जसपा नेपालकी सविता यादवले २८ मत पाएका छन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।