ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ । प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका छन् । नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याहाङलाई दुई हजार २५१ मतले पराजित गर्दै विजयी भएका हुन् ।

थेबेले १३ हजार ९६२ मत प्राप्त गर्दा तुम्याहाङले ११ हजार ७११ मत प्राप्त गरे । थेबे कोसी प्रदेशबाट निर्वाचित हुने एमालेका पहिलो सांसद पनि बनेका छन् ।

नेकपाका खेलप्रसाद बुढाक्षेत्री ६ हजार ७७५ मतसहित तेस्रो हुँदा श्रम संस्कृति पार्टीका सन्तोष राई पाँच हजार २०९ मतसहित चौथो र राष्ट्रिय स्वतन्त्र पार्टीकावीरेन्द्र श्रेष्ठ चार हजार १५५ मतसहित पाँचौँ स्थानमा रहेका छन् । निर्वाचन आयोगले भने औपचारिक रूपमा घोषणा गर्न बाँकी रहेको छ ।

ताप्लेजुङमा यसअघि २०७४ र २०७९ मा एमालेका योगेश भट्टराई विजयी भएका थिए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।