सुनसरी–१ मा हर्कराज राईको फराकिलो अग्रता
सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ को मतगणनाको पछिल्लो अपडेट अनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राईले फराकिलो अग्रता बनाएका छन्।
हालसम्मको गणनामा राईले २९ हजार ५ सय ७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङले १६ हजार २ सय ८ मत प्राप्त गरेकी छन्।
त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीका सूर्यबहादुर भट्टराईले ४ हजार ९ सय ४३ मत ल्याएका छन् भने नेकपा एमालेका टिकराम लिम्बुले ३ हजार ६ सय ८३ मत प्राप्त गरेका छन् ।


