श्रम संस्कृति पार्टीका तीन जना उम्मेदवार विजयी
काठमाडौ । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत श्रम संस्कृति पार्टी का तीन जना उम्मेदवार विजयी भएका छन्। सार्वजनिक अन्तिम मतपरिणामअनुसार सुनसरी, भोजपुर र खोटाङबाट उक्त पार्टीका उम्मेदवारहरूले विजय हासिल गरेका हुन्।
सुनसरी–१ बाट श्रम संस्कृति पार्टीका हर्क राज राई ३५,७४२ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। त्यस्तै भोजपुर–१ बाट धुवराज राई १६,६६३ मत सहित विजयी भएका छन्।
यसैगरी खोटाङ–१ बाट आरोन राई १६,६१२ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको परिणामअनुसार यी तीनै क्षेत्रमा श्रम संस्कृति पार्टीका उम्मेदवारहरूले आफ्ना प्रतिस्पर्धीहरूलाई पछि पार्दै प्रतिनिधि सभामा स्थान सुरक्षित गरेका छन्। यससँगै पार्टीले प्रतिनिधि सभा निर्वाचन २०८२ मा महत्वपूर्ण सफलता हासिल गरेको बताइएको छ।


