इलाम–१ मा निश्कल राईले बढाए अग्रता

इलाम । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तरगत इलाम–१ मा मतगणना जारी रहँदा हालसम्म रोचक प्रतिस्पर्धा देखिएको छ । यस क्षेत्रमा नेपाली कांग्रेस र श्रम संस्कृति पार्टीबिच कडा टक्कर देखिएको हो ।

पछिल्लो मत परिणाममा कांग्रेसले अग्रता केही बढाएको छ । कांग्रेसका निश्कल राईले १२ हजार १३० मत ल्याउँदा श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बुले ११ हजार ५९१ मत ल्याएका छन् । दुईबिचको अन्तर ५३९ मत पुगेको छ । लिम्बुलाई सुर्योदय–८ मा केही धक्का लागेको थियो ।

नेकपा एमालेका काजी मान कागतेले १० हजार ९०५ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ९ हजार ९३६ मत प्राप्त गरेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका रणबहादुर राई ६ हजार ३५७ मतसहित पाँचौँ स्थानमा छन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।