धनकुटा एमालेद्वारा मतदातालाई धन्यवाद ज्ञापन

धनकुटा, २५ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) धनकुटा जिल्ला कमिटीले प्रतिनिधिसभा सदस्यमा पार्टीका उम्मेदवार राजेन्द्र कुमार राई विजयी भएको अवसरमा मतदाताप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ ।

पार्टीले जिल्ला अध्यक्ष शिव आङ्ला लिम्बुको अध्यक्षमा पत्रकार सम्मेलन मार्फत जारी प्रेस विज्ञप्ति जारी गरेको छ ।

देशमा उत्पन्न असामान्य परिस्थितिका बीच २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा धनकुटाबाट एमालेका उम्मेदवार राजेन्द्र कुमार राईलाई अत्यधिक मत दिएर विजयी गराएकोमा सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरिएको छ।

विज्ञप्तिमा निर्वाचनलाई सफल बनाउन अहोरात्र खटिने पार्टीका नेता–कार्यकर्ता, समर्थक तथा शुभेच्छुकप्रति पनि धन्यवाद व्यक्त गरिएको छ। साथै निर्वाचनलाई व्यवस्थित, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग पुर्‍याउने मुख्य निर्वाचन अधिकृतको कार्यालय, स्थानीय प्रशासन, कर्मचारी, सुरक्षा निकाय, पर्यवेक्षक तथा सञ्चारकर्मीप्रति पनि आभार प्रकट गरिएको छ।

त्यस्तै, निर्वाचन प्रतिस्पर्धामा सहभागी अन्य उम्मेदवार तथा राजनीतिक दलप्रति सम्मान व्यक्त गर्दै लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन सबैको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गरिएको छ।

एमालेप्रति देखाइएको विश्वास र भरोसालाई शिरोधार्य गर्दै धनकुटेली जनताको विकास र समृद्धिको चाहना पूरा गर्न लागिपर्ने सांसद राईले प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।