झापाबाट लागू औषध ब्राउन सुगर सहित एक जना पक्राउ
झापा, फागुन २५ गते । झापाको मेचिनगर नगरपालिका- ६ स्थितबाट लागू औषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
फागुन २४ गते लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा इलाम सुर्योदय नगरपालिका- ११ का पासाङ छिरिङ काजीलाई ६ ग्राम ६८० मिलिग्राम ब्राउन सुगर सहित फेला पारी नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनको थप अनुसन्धान भईरहेको छ।


