श्रम संस्कृति पार्टी पहिलो प्रयासमै राष्ट्रिय पार्टी

काठमाडौं, २४ फागुन । जेनजी आन्दोलनपछि खुलेको नयाँ दल श्रम संस्कृति पार्टी पहिलो प्रयासमै राष्ट्रिय पार्टी बनेको छ ।

धरानको मेयर पदमा रहँदै पार्टी गठन गरेर अघि बढेका हर्क साम्पाङलाई ठूलो सफलता मिलेको छ । यो दलबाट अध्यक्ष साम्पाङसँगै तीन जना निर्वाचित भइसकेका छन् । स्वयम साम्पाङ सुनसरी–१ बाट निर्वाचित भएका हुन् ।

उता, भोजपुरबाट धु्रब राई र खोटाङबाट आरेन राई निर्वाचित भएका छन् । राष्ट्रिय दल बन्नको लागि ३ प्रतिशत थ्रेसहोल्ड कटाउनुपर्नेमा अहिलेसम्म श्रम संस्कृति पार्टीले ३ लाख एक हजार ३३० मत ल्याएको छ । राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्षतर्फ कम्तिमा एक सिट ल्याउनुपर्ने र तीन प्रतिशत मत कटाउनुपर्नेमा यो दलले त्यो सफलता हाँसिल गरिसकेको छ ।

भर्खरै खुलेको दलले पहिलो प्रयासमा नै निर्वाचनमार्फत सफलता पाएसँगै यो दलको भविष्य सुनौलो रहेको भनेर सामाजिक सञ्जालमा चर्चा पनि सुरु भैसकेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।