सहकारी पीडितको रकम राज्यकोषबाट होइन, ठगबाट असुल गरिनुपर्छ : साम्पाङ
सुनसरी । हर्क साम्पाङ ले सहकारी पीडितहरूको बचत फिर्ता गर्ने विषयमा राज्यकोष प्रयोग गर्न नहुने बताएका छन्।
साम्पाङले सहकारीको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाउँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ संकेत गर्दै पीडितलाई रकम राज्यको ढुकुटीबाट होइन, ठगीमा संलग्न व्यक्तिहरूको जायजेथाबाट असुल गरेर फिर्ता गर्नुपर्ने धारणा व्यक्त गरे।
उनले “राज्यको ढुकुटी बाँड्नु भनेको भ्रष्टाचार गर्नु हो” भन्दै जनताले तिरेको कर मनपरी रूपमा वितरण गर्न नमिल्ने बताए। करको रकम योजनाबद्ध रूपमा विकास र सार्वजनिक हितका क्षेत्रमा खर्च हुनुपर्ने उनको जोड छ।
साम्पाङको यस अभिव्यक्तिले सहकारी ठगी प्रकरणमा राज्यको जिम्मेवारी, दोषीमाथिको कारबाही र पीडितलाई राहत उपलब्ध गराउने उपायबारे नयाँ बहस सुरु हुनुपर्ने उनको भनाइ छ।


