श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले मातृभाषामा शपथ लिने
भोजपुर । माटो चिह्न लिएर भोजपुरबाट विजयी श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले बान्तावा भाषामा शपथ लिने भएका छन् ।
त्यसैगरि डडेल्धुरा घर भएका तीन जना प्रतिनिधि सभा सदस्यले डोटेली भाषामा शपथ लिने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट कञ्चनपुर २ बाट निर्वाचित दिपक बोहरा, रास्वपाकै डडेल्धुबाट समानुपातिक सांसद आकृती अवस्थी र नेपाली कांग्रेस डडेल्धुराबाट समानुपातिक सांसदमा निर्वाचित हरिना कामीले डोटेली भाषामा शपथ लिन लागेका हुन् ।
फागुन २१ गतेको प्रतिनिधिसभाको चुनावबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथग्रहण पर्सी चैत १२ गते हुँदै छ । २७५ जना सदस्यमध्ये ज्येष्ठ सदस्य नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट शपथ खाएर अन्य सदस्यलाई शपथ खुवाउनेछन् ।
२४ जना सस्यले अन्य भाषामा शपथ खानका लागि नाम टिपाएका छन् । शपथसम्बन्धी ऐन २०७९ मा शपथको भाषासम्बन्धी व्यवस्था छ, जसअनुसार सांसदहरूले मातृ भाषामा शपथ लिन पाउनेछन् ।
यी हुन् मातृ भाषामा शपथ खाने २४ सांसद



