एमालेमा विद्रोहको आगो, पोखरेलविरुद्ध युवा उत्रिए सडकमा

काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलको राजीनामा माग्दै अनेरास्ववियुका विद्यार्थीहरू सडकमा उत्रिएका छन्। बुधबार साँझ अस्कल क्याम्पसबाट निस्किएको र्‍याली च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयतर्फ अघि बढ्दै चर्को प्रदर्शनमा रूपान्तरण भएको हो।

प्रदर्शनका क्रममा विद्यार्थीहरूले ‘पोखरेल राजीनामा देऊ’, ‘पार्टी कब्जा गर्न पाइँदैन’, ‘युवालाई अवसर देऊ’ जस्ता नारा लगाएका थिए। उनीहरूले एमाले संसदीय दलको नेता चयन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै सुहाङ नेम्वाङको पक्षमा समेत समर्थन व्यक्त गरेका छन्।

रामबहादुर थापालाई निर्विरोध निर्वाचित गराउन महासचिव पोखरेलले दबाब दिएको आरोप लगाउँदै युवाहरूले सामाजिक सञ्जालमा समेत विरोध अभियान चलाएका छन्। सोही असन्तुष्टि सडक प्रदर्शनका रूपमा देखिएको हो।

प्रदर्शनमा सहभागी युवाहरूले पार्टीभित्र लोकतान्त्रिक अभ्यास कमजोर बनाइएको आरोप लगाउँदै नेतृत्वप्रति आक्रोश पोखेका छन्। उनीहरूले तत्काल महासचिव पोखरेलले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन्।

यस्तै, प्रदर्शनका क्रममा च्यासलस्थित पार्टी कार्यालय अगाडि पोखरेलको पुत्ला दहन गरिएको छ। स्थिति तनावपूर्ण बन्न सक्ने भन्दै सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको थियो।

युवाहरूले पार्टीभित्र सुधार र नेतृत्व परिवर्तनको मागलाई निरन्तर अघि बढाउने चेतावनी दिएका छन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।