एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई औपचारिक रुपमा बधाई दिएको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले बालेनलाई औपचारिक बधाई दिने निर्णय गरेको हो ।

‘भारी बहुमतका साथ आफ्नो नेतृत्वमा सरकार गठन गर्न सफल हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह र उहाँको नेतृत्वको मन्त्रिपरिषद्लाई बधाई ज्ञापन गरेको छ,’ पार्टीको निर्णयमा भनिएको छ ।

यसअघि संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रतिनिधिसभा बैठकमा सम्बोधन गरेका थिए । उनको अभिव्यक्तिबारे पार्टी भित्र र बाहिरबाट आलोचना भएको थियो ।

उनले सम्बोधनको क्रममा नेपाली सेना, कर्मचारीतन्त्र र गैरसरकारी संस्थाका कारण रास्वपा पहिलो दल बनेको आरोप लगाएका थिए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।