श्रममन्त्री दीपककुमार साह १४ दिनमै पदमुक्त

काठमाडौं । विवादमा तानिएपछि नियुक्तीको १४ दिनमै श्रममन्त्री दीपककुमार साह पदमुक्त भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री साहलाई आज पदमुक्त गरेका हुन् ।

साहको विगतदेखि नै विवादित छवि रहेको र अहिले मन्त्री बनेपछि पनि शंकास्पद काममा संलग्न भएको भन्दै साहलाई मन्त्रीबाट हटाईएको हो ।

पार्टी सभापति रवि लामिछानेले मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गरेको भन्दै फिर्ता बोलाउन प्रधानमन्त्री शाहलाई पत्र पठाएका थिए।

साहले पत्नी जुनु श्रेष्ठ स्वास्थ्य बीमा बोर्डको सदस्य पुनः नियुक्ति गर्ने विवादित निर्णय गरेका थिए। उनको पृष्ठभूमि पनि विवादित नै भएको पाइएपछि उनलाई प्रधानमन्त्रीले हटाएका हुन्। उनी १३ दिनअघि मन्त्रीमा नियुक्त भएका थिए।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।