रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका ६ वटा एजेन्डा

काठमाडौं, वैशाख ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आज दिउँसो साढे ३ बजे बस्ने तय भएको बैठकमा जिल्ला अधिवेशन कार्यविधि २०८३, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभागहरूको मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनलगायत सम्बन्धमा छलफल हुने जनाइएको छ ।

साथै, बैठकमा प्रतिनिधिसभा सदस्यको संगठनात्मक जिम्मेवारी, बैंक खाता सञ्चालन , संसदीय दलका लागि प्राविधिक सहायता तथा लेबी सम्बन्धमा छलफल हुने जनाइएको छ ।

यस्ता छन सचिवलायमा बैठकका लागि तय गरिएका ६ वटा एजेन्डा-

पहिलो, रास्वपाको जिल्ला अधिवेशनको कार्यविधि, २०८३ बारे छलफल हुनेछ। दोस्रो, बैंक खाता सञ्चालन सम्बन्धी एजेन्डा रहेको छ। तेस्रो एजेन्डामा केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभागहरूको मनोनयन रहेको छ भने चौथो, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन सम्बन्धी रहेको छ। त्यस्तै, पाँचौ विज्ञहरू, योजनाहरू आह्वान गर्ने र

छैटौँमा प्रतिनिधि सभाका सदस्यहरूको संगठनात्मक जिम्मेवारी, केन्द्रीय समिितको बैठक, संसदीय दलको लागि प्राविधिक सहायता एवं लेबी सम्बन्धी विषयमा छलफल हुने जनाइएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।