कांग्रेस केन्द्रिय अनुशासन समितिको बैठक बस्दै
काठमाडौं, ७ बैशाख । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ ।
सो समितिका सचिव दिनेश थापामगरका अनुसार सो बैठक सानेपास्थित केन्द्रिय कार्यालयमा बस्नेछ ।
गत निर्वाचनमा अन्तरघात गर्ने देखी अन्य अराजनीतिक क्रियाकलापमा संलग्न पार्टी नेता माथीको कारबाही प्रकियाका बारेमा छलफल हुनेछ । बैठक दिउँसो ३ः०० बजेवाट सुरू हुनेछ ।


