रास्वपाको प्रवास बिभाग प्रमुखमा बोहरा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रवास विभाग प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक बोहरालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
हिजो बसेको पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
यसअघि उक्त विभागको प्रमुखको जिम्मेवारी डिपी अर्यालले सम्हाल्दै आएका थिए ।
पार्टीले प्रवासमा रहेका नेपालीसँग समन्वय र संगठन विस्तारलाई थप प्रभावकारी बनाउन पहल गर्ने जनाएको छ ।


