रास्वपाले निर्वाचन नजितेका क्षेत्रमा समानुपातिक सांसदलाइ प्रतिनिधित्व गराउने
काठमाडौं, ८ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ निर्वाचन जित्न नसकेको निर्वाचन क्षेत्रमा समानुपातिक सांसदलाई खटाउने भएको छ।
हिजो बसेको पार्टी सचिवालय बैठकले निर्णय अनुसार जिल्ला तथा निर्वाचन क्षेत्रसहितको जिम्मेवारी बाँडफाँट गरिएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिएका छन ।
जसअनुसार प्रत्यक्षतर्फ निर्वाचन जीत्न नसकेका क्षेत्रमा समानुपातिकवाट निर्वाचित सांसदले प्रतिनिधित्व गर्नेछन् ।




