‘गृहमन्त्रीले तत्काल राजिनामा दिनु पर्छ’:महेश बस्नेत

 

काठमाडौं, ८ बैशाख । नेकपा एमालेका सचिव महेश बस्नेतले गृहमन्त्री सुदन गुरूङले तत्काल राजिनामा दिनु पर्ने बताएका छन् ।

अथाह सम्पति प्रकरण र बिबादस्पद ब्यापारी दिपक भट्टसँग नाम जोडिएर आलोचना भइरहेको बेला सचिव बस्नेतले पनि गृहमन्त्री गुरूङको राजिनामा माग गरेका हुन । 

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन, ‘दिपकजी दोषी छन् कि छैनन्, त्यो कुरा भोलि न्यायालयले नै निर्धारण गर्ने विषय हो। तर गृहमन्त्रीले तत्काल राजीनामा दिएर छानबिनको दायरामा आउनु आवश्यक देखिन्छ।’

उनले भट्टसँग एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम जोडेर गरिएका प्रचारको पनि खण्डन गरेका छन् । 
उनले सामाजिक सञ्जालमा लेखेका छनः

व्यवसायी दिपक भट्टको नाम केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवा सँग जोडेर बदनाम गर्न नेपाली मिडिया र बालेन समर्थक सोसल मिडिया प्रयोगकर्ताहरू भ्याइ नभ्याई लागिरहेका थिए।

तर अनुसन्धान गर्दै जाँदा उहाँहरु संग सम्बन्धित कसैको कनेक्सन देखिएन दिपकजीको कनेक्सन त बालेनजीकै निकट मानिएका गृहमन्त्री सुदन गुरुङ सँग नै २५ लाख रुपैयाँ बराबरको शेयरसहित रहेको तथ्य बाहिरियो। अझ रोचक पक्ष के छ भने कार्की आयोगका सदस्य बिज्ञान राज शर्मा को नाममा पनि १० लाख रुपैयाँ बराबरको शेयर फेला परेको भनिएको छ।

दिपकजी दोषी छन् कि छैनन्, त्यो कुरा भोलि न्यायालयले नै निर्धारण गर्ने विषय हो। तर गृहमन्त्रीले तत्काल राजीनामा दिएर छानबिनको दायरामा आउनु आवश्यक देखिन्छ। यदि उनले राजीनामा दिएनन् भने मन्त्री बन्नुभन्दा चार–पाँच दिन अगाडि तातोपानी जाँदातिरको काण्डसँग सम्बन्धित भिडियो फुटेजसमेत पत्रकारहरूले तयार पारेर राखेको बताइँदैछ। यिनको कथित आपराधिक पृष्ठभूमिका कारण ढिलो–चाँडो यिनको पद जानेनैछ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖