श्रम संस्कृति पार्टीले विभिन्न पार्टीसँग एकता गर्ने
काठमाडौ । श्रम संस्कृति पार्टीले विभिन्न पार्टीसँग एकता गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको केन्द्रीय समितिको बैठकले सुदन किराती, कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र रेशम चौधरीको अगुवाइमा बनेको नागरिक उन्मुक्ति पार्टी नेपालसँग एकता गर्ने निर्णय गरेको हो।


