सुकुम्बासी मुद्वामा जिम्मेवार बन्न कांग्रेस नेता महरको सरकारसँग अनुरोध

काठमाडौं, ११ बैशाख । नेपाली कांग्रेसका नेता नैनसिंह महरले अधिकार संरक्षण, जनजीविका सुधार र सुकुम्बासी समस्याप्रति सरकारलाई जिम्मेवार बन्न आग्रह गरेका छन्।

 

लोकतन्त्र दिवस २०६३ वैशाख ११ को सम्झनामा स्कुल अफ डेमोक्रेसी द्वारा काठमाडौंमा आयोजित कार्यक्रममा
महरले २०६३ को ऐतिहासिक जनआन्दोलनलाई स्मरण गर्दै भने, “जनताको नैतिक बलले निरंकुशतालाई झुकाएको दिन हो आज। लोकतन्त्र केवल उपलब्धि होइन, निरन्तर जिम्मेवारी हो।”

उनका अनुसार लोकतान्त्रिक व्यवस्थाले संस्थागत उपलब्धि हासिल गरे पनि जनअपेक्षा अझै पूर्ण रूपमा सम्बोधन हुन सकेको छैन। जनविश्वास कमजोर हुँदा राजनीतिक सन्तुलनमा परिवर्तन आउने संकेतलाई गम्भीर रूपमा लिनुपर्ने उनले बताए।
महरले राज्य संरचनामा देखिँदै गएको केन्द्रीकरण र अधिकार संकुचनप्रति चिन्ता व्यक्त गर्दै लोकतन्त्रको मूल मर्म विकेन्द्रीकरण, सहभागिता र उत्तरदायित्व भएको स्पष्ट पारे।

 

सुकुम्बासी तथा भूमिहीन समुदायको विषय उठाउँदै उनले भने, “दीगो व्यवस्थापन बिना हुने विस्थापन लोकतान्त्रिक राज्यको संवेदनशीलता र न्यायमाथिको प्रश्न हो।”
उनले बढ्दो महँगी, बेरोजगारी र कमजोर सेवा प्रवाहका कारण जनजीविका थप चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै सरकारको ध्यान पर्याप्त नभएको टिप्पणी गरे।

महरले सरकारलाई अधिकार संरक्षण, जनजीविका सुधार र सुकुम्बासी लगायत संवेदनशील वर्गप्रति न्यायपूर्ण र दीगो नीति अवलम्बन गर्न आग्रह गर्दै भने, “यी विषयमा ढिलाइ भयो भने लोकतन्त्रप्रतिको जनविश्वास कमजोर हुन सक्छ।”

उनका अनुसार लोकतन्त्र दिवस केवल उत्सव होइन, आत्मसमीक्षा र सुधारको अवसर पनि हो। “लोकतन्त्रको सार उत्तरदायित्व, समावेशिता र न्याय हो,” उनले जोड दिए।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।