पूर्वमाओवादी नेता सुदन किराँती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
काठमाडौं । पूर्वमाओवादी नेता सुदन किराँती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् ।
यसको औपचारिक घोषणा भने आज हुँदैछ । त्यसका लागि आज अपराह्न तीन बजे काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा पत्रकार सम्मेलन आयोजना गरिँदैछ ।
यसलाई किराती पक्षले ‘पार्टी एकता’ भनेको छ ।
किरातीको सचिवालयका एक सदस्यले श्रम संस्कृति पार्टीसँग पार्टी एकताको सैद्धान्तिक सहमति भएको र त्यसको जानकारी आज पत्रकार सम्मेलनमार्फत् दिइने बताए ।


