उपसभामुख हाम्रो पार्टी सदस्य होइनन् : हर्क साम्पाङ

काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले उपसभामुख आफ्नो पार्टीको सदस्य नरहेको स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै उनले उपसभामुख पार्टीबाट निर्वाचित भए पनि हाल उनी पार्टीको सदस्य नरहेको बताएका हुन् ।

उनले लेखेका छन्, ‘उपसभामुख हाम्रो पार्टीबाट बेसक जानु भएको हो तर उहाँ हाम्रो पार्टीको सदस्य रहनु भएन अब ।’अध्यक्ष राईले अब उपसभामुखमाथि पार्टीको कुनै निर्देशन वा ह्वीप लागू नहुने पनि स्पष्ट पारेका छन् । उनले यस विषयमा आफूले पहिले नै खेद प्रकट गरिसकेको उल्लेख गर्दै उनी अब हाम्रो पार्टीको हिस्सा होइनन् भनेका छन् ।

उनले लेखेका छन्, ‘उपसभामुख हाम्रो पार्टीबाट बेसक जानु भएको हो । तर वहाँ हाम्रो पार्टीको सदस्य रहनु भएन अब ! वहाँको निर्णयमा पार्टीको कुनै निर्देशन र ह्वीप रहंदैन ! त्यसैले मैले खेदप्रकट गरिसकें ! She is not part of us.’

साम्पाङ चौथो वरीयतामा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गरिएकोमा उपसभामुखले पनि सहमति जनाएको भन्दै आपत्ति जनाएका थिए ।

प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी ठाकुर श्रम संस्कृति पार्टीबाटै सांसद हुँदै उपसभामुख बनेकी हुन् । ठाकुरले पनि उक्त निर्णयमा सहमति जनाएको भन्दै अध्यक्ष साम्पाङले त्यसलाई खेदजनक भनेका छन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।