सुदन किरातीलाई कोशीको मुख्यमन्त्री बनाउने तयारीमा हर्क साम्पाङ, सामाजिक सञ्जालबाट मागे राय
काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पांगले कोशी प्रदेशको आगामी मुख्यमन्त्रीका रूपमा सुदन किरातीलाई अघि सार्ने संकेत गरेका छन्।
दुई दिनअघि मात्रै औपचारिक रूपमा पार्टी प्रवेश गरेका किरातीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउन सकिने भन्दै साम्पाङले सामाजिक सञ्जालमार्फत सार्वजनिक रायसमेत मागेका हुन्।
साम्पाङले फेसबुकमा लेखेका छन्, “हाम्रा पार्टीबाट श्रमदाता सुदन किरातीज्यूलाई प्रदेश १ को मुख्यमन्त्री बनाउँदा कसो होला ? आफ्नो राय दिनुस् त !”
किरातीले मुख्यमन्त्री बन्ने सर्तमै पार्टी प्रवेश गरेको चर्चा चलिरहेका बेला हर्कको उक्त अभिव्यक्तिपछि राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ।


