रास्वपाको धनकुटा–काठमाडौं सम्पर्क विभाग गठन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनकुटा–काठमाडौं सम्पर्क विभाग गठन गरिएको छ ।
आज सम्पन्न भेलाले सोमनाथ सुवेदीको सभापतित्वमा नयाँ समिति चयन गरेको हो । जिल्ला सभापति बालानन्द दाहालको सभापतित्व तथा केन्द्रीय सदस्य रोहन कार्कीको प्रमुख उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
धनकुटा स्थायी ठेगाना भई काठमाडौंमा बसोबास गर्दै आएका पार्टी सदस्य तथा शुभेच्छुकहरूको सहभागितामा सम्पन्न भेलाले देहायअनुसारको समिति गठन गरेको जनाएको छ ।
समितिका उपसभापतिमा बालकृष्ण तामाङ,सचिव खगेन्द्र घिमिरे र सदस्यहरू हेम बहादुर (राजन) अधिकारी,रमेश पाण्डे,देबेन्द्र कटुवाल,भीमबहादुर थापा,रमेश अधिकारी र शिशिर भण्डारी रहेका छन् ।


