श्रम संस्कृति पार्टी मोरङ जिल्लाको तदर्थ समिति गठन
बेलबारी । श्रम संस्कृति पार्टी मोरङ जिल्लाको तदर्थ समिति गठन गरिएको छ ।
बिहीबार सम्पन्न भेलाले कुलबहादुर लिम्बूको अध्यक्षतामा जिल्ला तदर्थ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा शान्ति बस्नेत र सञ्जय क्रान्तिकारी चयन भएका छन् भने सचिवमा धर्मराज राई, कोषाध्यक्षमा मोहम्मद जविउल्ला, सहसचिवमा मोहन मादेन लिम्बू र अशोक राई रहेका छन् ।
मोरङ जिल्लाका १७ वटै पालिकालाई प्रतिनिधित्व हुने गरी ३५ सदस्यीय तदर्थ कार्यसमिति गठन गरिएको पार्टीले जनाएको छ ।


