कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत भएका छन्।
पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय सदस्य श्रेष्ठलाई कोषाध्यक्षमा मनोनीत गरेका हुन्।
पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनीत गरिएको कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।


