पार्टीका सदस्यहरूलाई हर्क साम्पाङको आग्रह:’श्रमदान र संगठन विस्तारमा केन्द्रित हुनु’

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रम संस्कृति पार्टीका नेता, कार्यकर्ता तथा सदस्यहरूलाई श्रमदान, संगठन विस्तार र जिम्मेवारीप्रति गम्भीर बन्न आग्रह गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले श्रम संस्कृति पार्टीलाई काम गर्ने पार्टीका रूपमा स्थापित गर्न प्रत्येक सदस्य सक्रिय हुनुपर्ने बताए ।

“श्रम–संस्कृति पार्टी काम गर्ने पार्टी हो । प्रत्येक सदस्यले श्रमदान गर्नुपर्छ । एक्लै भए पनि बिरुवा रोप्ने, सरसफाइ गर्ने वा सामाजिक काम सुरु गर्नुपर्छ,” उनले भने, “हिजो म एक्लै अभियानमा थिएँ, आज हजारौँ मानिस जोडिएका छन् । यो सफलता होइन, निरन्तरताको परिणाम हो ।”

पार्टी निर्माणको चरणमा रहेको उल्लेख गर्दै उनले सक्रिय सदस्यहरूलाई मात्रै महाधिवेशनमा उम्मेदवारी दिन र मतदान गर्न पाउने व्यवस्था गरिने जानकारी दिए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।