श्रम संस्कृति पार्टीको कोशी प्रदेश समिति गठन, प्रताप राई अध्यक्षमा निर्वाचित
विराटनगर । श्रम संस्कृति पार्टीले कोशी प्रदेश समिति गठन गरेको छ । नवगठित प्रदेश समितिको अध्यक्षमा खोटाङका प्रताप राई निर्वाचित भएका छन् ।
समितिको उपाध्यक्षमा सुनसरीकी प्रतिभा सेख अन्सारी, सुनसरीकै दुर्गा पोखरेल, एमके राई तथा मोरङका राजेश दुलाल चयन भएका छन् । सचिवमा झापाका दिपक तिम्सिना निर्वाचित भएका छन् भने सह–सचिवमा सुनसरीका नवीन राई, भोजपुरकी इन्दिरा राई र संखुवासभाका मनोज जिमी चयन भएका छन् ।
यस्तै, कोषाध्यक्षमा पाँचथरका प्रमाण राई तथा सह–कोषाध्यक्षमा सोलुखुम्बुका थोमस कुलुड निर्वाचित भएका छन् । पार्टीको प्रवक्तामा तेह्रथुमका अभिनास लिम्बू चयन हुँदा सह–प्रवक्तामा ताप्लेजुङका अमर लुहार र पाँचथरका हेम केलाङ चयन भएका छन् ।
पार्टीले १३३ जना प्रदेश सदस्यसमेत निर्वाचित भएको जनाएको छ । नवगठित समितिले पार्टी संगठन विस्तार, श्रम संस्कृतिको प्रवर्द्धन तथा प्रदेशभर जनसरोकारका मुद्दामा सक्रिय रूपमा काम गर्ने जनाएको छ ।


