एमाले सचिवालय बैठक बस्दै, केन्द्रिय नेताहरूको कार्यबिभाजन हुने
काठमाडौं, ४ जेठ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।
अध्यक्ष केपी शर्मा ओली निवास गुण्डु, भक्तपुरमा उक्त बैठक बस्नेछ ।
आज अपरान्ह १ः०० बजे बैठक बस्न लागेको बैठकले मुख्यतयाः नेताहरूको कार्यबिभाजनका बारेमा छलफल गर्ने कार्यालय सचिव डा. भिष्म अधिकारीले जानकारी दिएका छन् ।
अस्ति जेठ २ गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै दुई दिन पर सारिएको थियो ।
११ औं महाधिवेशनपछि नेताहरुको कार्यविभाजन नभएकाले आजको मुख्य एजेण्डा यसमै केन्द्रित हुने जनाइएको छ ।


