एमाले सांसद राईको सभामुखलाई प्रश्न : प्रधानमन्त्री नआउने, अर्थमन्त्री नआउने, अब तपाईँ पनि आएन भने यहाँ कसले सभा सञ्चालन गर्छ?

काठमाडौ । नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रतिनिधिसभामा कडा टिप्पणी गरेका छन्।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा बोल्दै उनले अर्थमन्त्री अनुपस्थित रहेको अवस्थामा गम्भीर विषयमा छलफल गर्नु उचित नहुने बताए। साथै प्रधानमन्त्री र अर्थमन्त्री दुवै सदनमा अनुपस्थित रहने प्रवृत्तिमाथि प्रश्न उठाउँदै उनले भने, “प्रधानमन्त्री नआउने, अर्थमन्त्री नआउने, कसरी चल्छ यो सदन?”

उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रतिपक्षलाई सरकार सञ्चालनको जिम्मेवारी दिनसमेत चुनौती दिए।

राईले भने, “म थितिलाई बदल्न चाहन्न। यहाँ तपाईँहरूले हेप्नुभयो। प्रधानमन्त्री नआउने, अर्थमन्त्री नआउने, अब तपाईँ पनि आएन भने यहाँ कसले सभा सञ्चालन गर्छ? गम्भीर प्रश्न बनिसक्यो। अब प्रतिपक्षलाई दिनुस्। हामी चलाउँछौँ यो देश। देश चलाउने हिम्मत हामीसँग छ। हिजो पनि चलाएको, आज पनि हामी चलाउँछौँ।”

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖