अन्तिम खेलमा नेपालले टस हारेर ब्याटिङमा जाँदै
काठमाडौं, ८ जेठ । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ काे अन्तिम खेलमा अमेरिकाविरुद्ध ब्याटिङ गर्ने भएको छ ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा अमेरिकाका कप्तान साइतेजा मुकामालाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् ।
यो लिग–२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेल समेत हो ।
यसअघि अमेरिकालाई दोस्रो खेलमा पनि पराजित गर्दै नेपाल शृंखलाको अन्त्य गर्ने लक्ष्यमा मैदानमा उत्रिएकाे छ । हाल नेपाल तालिकाको पाँचौँ स्थानमा छ । नेपालले २७ खेल खेल्दा १० जितसहित २२ अंक जोडेको छ । घरेलु टोलीको दुई खेल भने रद्द भएको थियो ।
नेपालक प्लेइङः११
कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, रोहित पौडेल९कप्तान०, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशी


