मलेसियाले दियो नेपाललाई ८३ रनको लक्ष्य

 

काठमाडौं, ८ जेठ ।  मलेसियाले नेपाललाई ८३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टी–२० अन्तर्राष्ट्रिय श्रृंखला अन्तर्गतको खेलमा मलेसियाले नेपाल सामु ८३ रनको लक्ष्य प्रस्तुत गरेको हो 

शुक्रबार मलेसियाको क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले नेपालविरुद्ध निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८२ रनको योगफल खडा गर्न सफल भएको छ । 

मलेसियाका ओपनर आइना हशिमले १७ रन बनाएकी थिइन भने धनुश्री मुहूनानले १५ र नुर एरिएना नाट्स्याचले १३ रन बनाइन् । 

नेपालकी कविता कुँवर, रुविना क्षेत्री र रिया शर्माले समान २–२ विकेट लिन सफल भए पनि पुजा महतो र शिता मगरले समान एक विकेट लिन सफल भएका थिए ।

जारी खेलमा नेपाल दोस्रो जित निकाल्दै श्रृंखला जित्ने लक्ष्यमा छ । नेपालले यसअघि भएको पहिलो खेलमा २ विकेटको जित निकालेको थियो ।

नेपालले एसियन गेम्सको छनोट प्रतियोगिताको पूर्वसन्ध्यामा घरेलु टिमसँग शृंखला खेलेको हो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।