काभा भलिबलमा आज नेपाल र माल्दिभ्स बिचमा प्रतिस्पर्धा हुने

काठमाडौं,  १० जेठ। नेपाल र माल्दिभ्स बिच आज रोचक प्रतिस्पर्धा हुदैँछ।

 

काठमाडौंमा जारी रहेको काभा महिला भलिबल च्याम्पियनसिपमा आज नेपाल र माल्दिभ्सका बिचमा प्रतिस्पर्धा हुन लागेको हो । 

 

जारी प्रतिस्पर्धात्मक खेलमा माल्दिभ्सलाई हराउँदै नेपालले सेमिफाइनल प्रवेश गर्ने लक्ष्य राखेको छ।

समूह चरण अन्तिम खेलमा माल्दिभ्स र नेपाल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा साँझ ५ बजे खेल्दैछन् ।

 

यस खेलमा सोझो सेटमा जित हासिल गर्दै नेपाल सेमिफाइनलमा स्थान पक्का गर्न चाहान्छ । पाँचौ सेटमा पुगेर जितेमा नेपालले सेमिफाइनल प्रवेशका लागि सोमबार हुने भारत र कीर्गिस्तानबीचको खेल कुर्नु पर्ने हुन्छ ।

 

लगातार २ खेलमा सोझो सेटमा पराजित माल्दिभ्स अंकबिहिन रुपमा एक खेल अगावै प्रतियोगिताबाट बाहिरिसकेको छ । पहिलो खेलमा कीर्गिस्तान र दोस्रो खेलमा भारतसँग माल्दिभ्स पराजित भएको थियो ।

 

नेपाल भने पहिलो खेलमा भारतसँग ३-२ सेटमा पराजित हुँदा पछिल्लो खेलमा कीगिस्तानमाथि ३-० को सोझो सेटमा विजयी भएको थियो । नेपाल रहेको समूह ‘ए’ मा भारत ५ अंकका साथ शीर्ष, घरेलु टोली ४ अंकका साथ दोस्रो, कीर्गिस्तान ३ अंकका साथ तेस्रो र अंकबिहिन माल्दिभ्स चौथो स्थानमा छन् ।

 

समूहको शीर्ष २ मा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् । समूह ‘बी’ मा इरान, श्रीलंका, कजाखस्तान र बंगलादेश रहेका छन् । 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।