रास्वपा पाख्रीबास नगर समितिको प्रथम अधिवेशन जेठ १४ मा हुने
धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाख्रीबास नगर समितिको प्रथम ऐतिहासिक अधिवेशनको मिति परिवर्तन गरिएको छ । पूर्वनिर्धारित कार्यक्रम विशेष कारणवश फेरबदल गरिएको नगर समितिले जनाएको छ ।
नगर समितिका अनुसार अधिवेशन जेठ १४ गते बिहीबार बिहान ११ बजे पाख्रीबास–४ स्थित रास्वपा पार्टी कार्यालयमा आयोजना हुने भएको छ ।
अधिवेशनमा प्रमुख अतिथिका रूपमा लाल विक्रम थापा सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ ।
रास्वपा पाख्रीबास नगर समितिले पाख्रीबास नगरपालिका प्रतिनिधि तथा सदस्य, वडा समिति, RAT प्रमुख तथा सदस्य, विभागीय प्रमुख लगायत सम्पूर्ण शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई अधिवेशन सफल बनाउन आग्रह गरेको छ ।


